काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको पाँच सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९० हजार पाँच सयमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।









