एजेन्सी : कोरोना कहर पछि अनिवार्य बनेको मास्कमा कसैको पनि एकरुपता छैन । कतिपयले कपडाकै मास्कले काम चलाएका छन् भने कतिले सर्जिकल मास्क त एन ९५ मास्क ।
तर भारतका एक ब्यक्तिले सुनको मास्क लगाएका छन । कोरोना बाअत बच्न उनले सुनको मास्क लगाएको भारतिय मिडिया न्युज २४ ले जनाएको छ ।
न्युज २४ को रिपोर्टलाई आधार मान्ने हो भने उक्त मास्कको मूल्य दुई लाख ८९ हजार भारतीय रुपैयाँ छ । जसको नेपाली चार लाख ६२ हजार पर्न जान्छ । भारतको महाराष्ट्र पुणेका शंकर कुराडेले उक्त मास्क लगाउने गरेको छन् ।











