के हुदैछ बाँकेको खजुरा गाउँपालिकामा ? (भिडियो कार्यक्रम)

खजुरा :

के हुदैछ बाँकेको खजुरा गाउँपालिकामा ?

खजुरा गाउँपालिका एक एतिहासिक महत्व र आर्थिक सम्भावना बोकेको स्थानिय तह हो । यस गाउँपालिकामा प्रसस्त खेतियोग्य जमिन छ ।

किसानहरुपनि व्यवसायिकरुपमा कृषि कर्ममा लागेका छन । खजुरा बजार पनि जिल्लाको नेपालगन्ज पछिको दोस्रो पुरानो बजार पनि हो ।

गाउँपालिकाले कृषिलाई व्यसायिककरण गर्ने र उद्योगधन्दा सन्चालन गर्नका लागी आवश्यक पुर्वाधारहरु निर्माण तर्फ प्रभावकारी योजना ल्याउने खजुरा बासिको अपेक्षा छ ।

खजुरा गाँउपालिकालाई ग्रिनसिटी बनाउनका लागी तयारी पालिकाले काम तिव्र पारिएको बताएको छ । विश्वकै वातावरण बिग्रदै गएको अवस्थामा खजुराले हरित शहर अर्थात ग्रिनसिटिको परिकल्पना गरेको हो ।

ग्रिनसिटी वनाउनका लागी रुख विरुवा रोप्ने मात्र नभई सडक, खानेपानी, विद्युत, बाटोघाटो लगायतका मापदण्ड तोकिएको हुन्छ ।

ग्रिनसिटी बनाउनका लागी युनाइटेट नेशन अफ साउ को अपरेशन र खजुरा गाँउपालिकाबिच यूएनको उपस्थितिमा उज्वेकिस्तानको राजधानी तास्केन्टमा सम्झौता पनि भइसकेको छ ।

सम्झौता हुनुअघि खजुरामा ग्रिनसिटी वनाउन सम्भव भए नभएको बारे प्राविधिकले एक हप्ता अनुसन्धान गरेका थिए ।

पालिकाको भौगोलिक अवस्था, सामाजीक परिवेश लगायत कुन प्रोजेक्ट कहाँ सम्भव छ, भन्ने विषयमा यहाँका उद्योगी, व्यवसायी कृषक, धर्मगूरुसंग छलफल र अन्र्तक्रिया गरिएको थियो ।

छलफलपछि पालिकालाई ग्रीनसिटी वनाउन सकिने निष्कर्षका आधारमा प्रक्रिया अगाडि बढेको गाँउपालीकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।

त्यसका लागी कृषिमा अत्याधुनीक प्रविधिको प्रयोग भएको चिनको युनान प्रान्तको यूसी सिटीको खेति गर्ने तरिका, कृषिबारे जानकारी लिन अध्यक्ष कक्षपति सहित ४ जनाको टिम त्यहाँ पुगेको थियो ।

मार्च महिनामा चिनको वेइजीङ या युसीसीमा एउटा कार्यशाला गोष्ठिको आयोजना गरिने भएको छ ।

त्यहाँ हुने कार्याशाला गोष्ठिमा गाँउपालीकाका अध्यक्ष कक्षपतिको नेतृत्वमा रहेको प्राविधिक सहितको टिम जाने तयारीमा छ । त्यहाँ ज्ञान सिकेर फर्केपछि मात्र पाइलट प्रोजेक्ट सुरु हुने कक्षपतिले बताए ।

आफ्नो कार्यकालमा १५ वर्षे योजनामा टेकेर काम गर्न लागीएको उनले बताए । पालिकामा हालसम्म पनि शिक्षा ऐन बन्न बनेको छैन ।

अधिकार बाँडफाडका कार्यक्रम पनि गर्न बाकि रहेकाले अहिले पालिकाले यसलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

यसैविच, अहिले बाँकेमा नेपालगन्ज, कोहलपुर, खजुरा लगायत गाभेर महानगरपालिका बनाउने योजना अघि सरेको छ ।

तर खजुरा गाँउपालिकाले महानगर भन्दा पनि आफ्नै पालिकालाई कसरी राम्रो बनाउने भन्नेमा ध्यान केन्द्रित गरेको जनाएको छ ।

गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले पालिकालाई ग्रिनसिटी बनाउनका लागी सम्पुर्ण ध्यान केन्द्रित रहेको बताए ।

देशमै नमूना पालिका बनाउन लागिरहेकाले पक्ष, प्रतिपक्ष नभनी यो अभियानमा साथ दिन उनले सवै राजनीतिक दललाई समेत आग्रह गरेका छन् ।

पालिकालाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, कृषि लगायतलाई प्राथमिकतामा राखेको पालिकाको भनाई छ ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया