राप्ती सोनारीमा लुकाई छिपाई राखेको पाटे बाघको छाला र हड्डी फेला


नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकामा आज लुकाई छिपाई राखिईएको टाटेपाटे बाघको छाला,र हडि फेला परेको छ ।

दिउसो ५ न. प्रदेश ब्युरो दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलिले राप्तीसोनारी १ सिमलघारी ४६ वर्षका नवराज घर्ति मगरले आफ्नै घरको मकै बारीमा लुकाई छिपाई राखिईएको फेला पारेको थियो ।

बाघको छाला र हडि सहित घर्तिलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले इमेल मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया