२० औं पटक जर्मन कपको उपाधि जित्यो बार्यनले

काठमाडौं – शनिवार राति भएको खेलमा सानदार जित निकाल्दै बार्यन म्युनिखले जर्मन कपको उपाधि हात पारेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्यन म्युनिखले  बायर लिभरकुसेनलाई  ४(२ गोलले पराजित गरेको हो । 

उक्त खेलको १६ औं मिनेटमा बार्यनका अलाबाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २४ औं मिनेटमा नार्बीले गोल गरी बार्यनलाई अग्रता दोब्बर बनाए । 

त्यसपछि दोस्रो हाफमा खेलको ५९ औं मिनेटमा  बार्यनका लेवान्दोस्कीले गोल गरे । त्यसपछि खेलको ६३ औं मिनेटमा लिभरकुसेनका बन्डेरकाले गोल गरे । 

त्यसपछि खेलको ८९ औं मिनेटमा फेरि लेवान्दोस्कीले नै गोल गरे ।  त्यसपछि खेलको अन्तिम समयमा लिभरकुसेनले पेनाल्टीमा गोल ग गर्यो । जितसँगै बार्यन म्युनिखले २० औं पटक जर्मन कपको उपाधि हात पारेको हो । 

प्रतिक्रिया