दीपिका पुगिन् जेएनयू

एजेन्सी :

दीपिका पुगिन् जेएनयू

बलिउड अभिनेत्री दीपिका पादुकोणले आक्रमणमा परेका जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का विद्यार्थीहरुलाई समर्थन दिएकी छन् ।

भारतीय सञ्चार माध्यमहरुले दीपिका मंगलबार साँझ ७ः४५ बजेतिर जेएनयू पुगेकी थिइन् ।

त्यहाँ दीपिका झण्डै दश मिनेट बसिन् । तर, कुनै प्रतिक्रिया भने जनाइनन् ।

आइतबार राति जेएनयूका विद्यार्थीमाथि नकाबधारी समूहले आक्रमण गरेको थियो ।

आक्रमणमा परी जेएनयू छात्र संघका अध्यक्ष आईसी घोष सहित १८ जना घाइते भएका थिए ।

आक्रमणमा परेका विद्यार्थीलाई साथ दिने दीपिका जेएनयू पुगेपछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका एक नेताले आपत्ति जनाएका छन् ।

भारतीय जनता पार्टीका दिल्ली प्रवक्ता तेजिन्दर पाल सिंह बग्गाले दीपिकाको चलचित्र बहिष्कारको आह्वान गरेका छन् ।

उनले चलाएको ह्यास ट्याग बाइकट छपक ट्वीटर ट्रेण्डिङमा परेको छ । दीपिका आउन लागेको चलचित्र छपक बहिष्कार गर्न भाजपाका नेताहरुले आह्वान गरेका छन् ।

तर, भाजपाको यस्तो आह्वानको पनि तीब्र विरोध भइरहेको छ ।

प्रतिक्रिया