काठमाडौं । चीनमा बुबोनिक प्लेग देखापरेपछि उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । चिनियाँ क्षेत्रको भित्रि मंगोलियामा बुबोनिक प्लेगको घटना फेलापारेपछि अधिकारीहरूले उच्च सतर्कता अपाउन आह्वान गरेका छन्। यो रोगले कालो मृत्यु अर्थात “ब्ल्याक डेथ“ महामारी निम्त्याउने भन्दै चीनको सरकारी संचार माध्यम सिनुवाले जनाएको हो।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त घटना बेइजिङको उत्तरपश्चिममा रहेको बायानूर सहरमा पत्ता लागेको थियो। एउटा स्थानीय अस्पतालले शनिबार बिरामीको मामलाका बारे नगरपालिका अधिकारीहरूलाई सचेत गराएको थियो। आइतवारसम्म स्थानीय अधिकारीहरूले प्लेग रोकथामको लागि शहरव्यापी स्तरमा चेतावनी दिएका छन्।
सिन्ह्वाकाअनुसार उक्त रोगको सतर्कता यस वर्षको अन्त्यसम्म अपनाउनु पर्ने जनाएको छ। ब्यूबोनिक प्लेग, ब्याक्टेरिया, उपियाँ तथा किर्नाको टोकाइ र संक्रमित जनावरहरूको माध्यमबाट सर्ने गर्दछ। मानव इतिहासको यस प्लेगलाई सबैभन्दा खतरनाक ब्याक्टेरिया संक्रमणरुपमा लिने गरिन्छ।
मध्य युगमा ब्ल्याक डेथको समयमा यसले युरोपमा ५० मिलियनको मानिसको ज्यान लिएको थियो। बुबोनिक प्लेग प्लेगका तीन रूपहरू मध्ये एक हो, यसका कारण ज्वरो आउने, लिम्फ नोड्स सुन्निने साथै रुघा खोकी लाग्ने गर्दछ। बयानूर स्वास्थ्य अधिकारीहरूले मानिसहरूमा मानव–मानव प्रसारणको जोखिम कम गर्न र संक्रमणबाट रोक्न जनावरहरूको शिकार वा खानबाट बच्न थप सावधानी अपनाउन आग्रह गरिरहेका छन्।











