खजुरा : खजुरा चार सिर्जना टोल डि गाउँ जाने बाटोमा पर्ने किरणनालामा जिर्ण अवस्थामा रहेको काठको पुललाई हटाएर धेरै वर्ष टिक्ने पुल निर्माण गरिएपछि आज उद्घाटन गरिएको छ । खजुरा गाउँपालिकाका प्रमुख मिस्मत कुमार कक्षपतिले उक्त पुलको रिवन काटेर उद्घाटन गरेका हुन । आर्थिक वर्ष २०७६÷०७७ अन्तरगत वडा कार्यालयले उक्त पुलको लागी १६ लाख बजेट विनियोजन गरेको थियो ।
सोहि अनुसार उपभोक्ता समिति मार्फत पुल निर्माणको काम भएको वडाध्यक्ष तिलकविर सुनारले बताउनुभयो । जानकी गाउँपालिका सगं जोडिएका केहि टोल गाउँहरुका स्थानियहरुलाई पुल निर्माण भएपछि हिडडुल गर्न, हल्का सवारी साधन चलाउन सहजहुने उपभोक्ता समितिका अध्यक्ष चन्द्र केशर विकले बताउनुभयो ।

झण्डै तिन सय घरका मानिसहरु उक्त पुल निर्माण पछि प्रतक्ष लाभान्भित हुने वडाध्यक्ष सुनारले बताउनुभयो । २२ मिटर लम्बाई र २ ः३० मिटर चौडाई रहेको पुल निर्माण भएर उद्घाटन भएपछि स्थानियले खुसि व्यक्त गरेका थिए ।









