नेपाली संगीत क्षेत्रका एक जल्दाबल्दा मोडल तथा गायक,सर्जक हुन चक्र बम।यतीबेला बजारमा उनको देउडा गीत “गाजल”सार्वजनिक भएको छ ।
फरक धारका गित संगीतमा रुची राख्ने गायक तथा मोडल बम पछिल्लो समय युवा पुस्ताको मन-मनमा बस्न सफल एक होनाहार कलाकार हुन। बमका हरेक गीतले बजारमा राम्रो लोकप्रियता पाउने गरेका छन ।
सोमवार बाट बजारमा आएको नयाँ गीत “गाजल”मा चक्र बमकै शब्द/ संगीत /स्वर रहेको छ। गीतको म्युजिक भिडियो बमले आफ्नै यूटूब च्यानल मार्फत सार्वजनीक गरेका छन।
भिडीयोमा चक्र बम र टिकटक स्टार गीता ढुङ्गानाको रहेको छ भने भिडीयो निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका हुन । भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ । हेर्नुहोस गीतको म्युजिक भिडियो:









