काठमाडौँ – गएराति प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटनहमले सजिलो जित हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा टोटनहमले इभर्टनलाई १(० गोलले पराजित गर्यो । टोटनहमले निर्णायक गोल पनि उपहार स्वरुप पायो ।
इभर्टनका खेलाडी माइकल किनले खेलको २४ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हाने । आफ्नै मैदानमा टोटनहमले सजिलै जित हासिल गर्यो । यससँगै टोटनहमको ३३ खेलमा ४८ अंक जोड्दै आठौँ स्थानमा रहेको छ भने इभर्टन ४४ अंकसहित ११ औँ स्थानमा रहेको छ ।











