विदुर अपगाईँको उत्कृष्ट शब्दमा रहेको तीज गीतमा बान्द्रे र सुशीलाको अभिनय (भिडियो)

मेघराज बस्नेत : नेपाली चेलिहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा विभिन्न तीज गीतहरु सार्वजनिक भइरहेका छन् ।

सार्वजनिक कतिपय गीतहरुले त विवादित भइ नेपाली तीज गीतको मौलिकपनमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पारिरहेका छन् । यसैक्रममा सर्जक विदुर आपगाईंको फरक र मौलिक शब्दमा “हे बुढा” बोलको तीज गित बजारमा आएको छ ।

यस गितमा चर्चित गायिका टीका पुन र हेमन्त शिशिरको आवाज रहेको छ। कोरोनाले विश्व आक्रान्त बनिरहेको बेला खर्चभन्दा बचत गरौं भन्ने भावमा गीत आधारित रहेको छ। गीतको अडियो पक्ष एकदम राम्रो छ।

गीतको भाव अनुसार भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा हास्यकलाकार सुरज चापागाईं(बान्द्रे) र सुशीला निरौला(बिम्ली)को आकर्षक अभिनयसंगै कमेडी रहेको छ।

भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन। त्यस्तै, यो गितको छायांकन पछिल्लो समयका युवा छायांकार बिपिन क्षेत्रीले गरेका छन् ।भने, सम्पादन नवीन घर्तिमगरले गरेका हुन् ।

एबिएस म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिको यस गितले सम्पुर्ण दर्शक स्रोताको मन जित्ने कुरामा निर्माण युनिट विश्वस्त छ । हेर्नुस् भिडियो..

प्रतिक्रिया