खजुरामा चिया पसल ‘बौद्धिक मिलन केन्द्र’को रुपमा स्थापना

खजुरा :

खजुरामा चिया पसललाई ‘बौद्धिक मिलन केन्द्र’को रुपमा स्थापना

बाँकेको खजुरा गाउँपालिकाको एकनम्बर बजारमा रहेको एक चिया पसललाई ‘बौद्धिक केन्द्र’ रुपमा स्थापना गरिएको छ ।

६÷७ बर्ष देखी निरन्तर चलिरहेको भट्टराई चियापसल पसलमा बिहान् ५ बजे देखिनै चिया पिउने र विभिन्न राजनितिक तथा सामाजिक विषयमा बौद्धिक छलफल हुने, सल्लाह सुझाव दिने लगाएत हुने भएपछि त्यस चिया पसलको स्थानलाई बौद्धिक केन्द्रका रुपमा वडा नम्बर ४ ले घोषणा गरेको हो ।

खजुराका सबै दलका स्थानिय नेता, शिक्षक, समाजसेवी तथा बुद्धिजिविको जमघट हुने स्थान भट्टराई चियापसल लाई आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बौद्धिक केन्द्रको रुपमा स्थापना गरेका हुन ।

विभिन्न बिषयमा चिन्तनमनन हुने ठाउँका रूपमा चिया पसलले भुमिका निभाएकाले खजुरा गाउँपालिका वडा न४ का अध्यक्ष तिलकबिर सुनारले उक्त ठाउँमा केहि समयअघि फ्री इन्टरनेट सेवा प्रवाह हुनेगरी नेट लाइन समेत जोडिदिएका थिए ।

खजुरामा चिया पसललाई ‘बौद्धिक केन्द्र’ स्थापना

खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले स्थापना समारोहमा बोल्दै यसरी स्थानीय अगुवा र बौद्धिकबर्ग एकठाउँमा जम्मा हुने र छलफल गर्ने थलोको बिकास गर्नु राम्रो कुरा भएकाले चिया पसलबाट हुने सकारात्मक बहस र छलफलले स्थानीय सरकारलाई समेत खबरदारी गर्न आग्रह गरे ।

कार्यक्रममा वडा न ३ का वडाध्यक्ष कान्तुराम गौतम, वडा न ४ का वडाध्यक्ष तिलकवीर सुनार, स्थानीय राजनीतिक अगुवा बेदनिधी प्याकुरेल, प्याब्सन प्रदेश न ५ का उपाध्यक्ष ऋषिकेश जिसि, काङ्ग्रेस खजुराका सभापति शेर ब गुरुङ लगायतले उक्त प्रयास उदाहरणिय भएको भन्दै प्रशन्सा गरेका थिए ।

प्रतिक्रिया