त्रिभुवन चोकमा पुर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव

नेपालगन्ज : पूर्व राजा ज्ञानेन्द्र शाह आज ७४ औँ वर्षमा प्रवेश गरेका छन् । त्यसैको उपलक्ष्यमा नेपालगन्जको त्रिभुवन चोकमा युवाहरुले पुर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाएका छन् ।

नेपालगन्ज नगर तथा बाँकेमा क्रियाशील रहेका १४ वटा पुनस्थापना केन्द्रहरुको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले गर्नु भएको थियो ।

राणाले कार्यक्रमलाई सम्बोधन गर्दै राजालाई अभिभावकको रुपमा रहने गरि युवाहरूले नै राजसंस्था फर्काउनु पर्ने बताएका थिए । कार्यक्रमको अध्यक्षता गरेका सामना पुनर्स्थापना केन्द्रका कार्यक्रम संयोजक आगमन प्रताप सिंहले कार्यक्रममा बोल्दै त्रिभुवन चोक हामी सम्पुर्णको लागी महत्त्वपूर्ण रहेको र इतिहासको रुपमा त्रिभुवन चोकलाई राखी रहनु पर्ने बताएका छन् ।

अध्यक्ष सिंहले त्रिभुवन चोकको शालिक हटाउन भएको विवादलाई इन्कित गर्दै हाम्रो एतिहासिक धरोहरको रुपमा रहेको त्रिभुवन चोकको इतिहासलाई मेट्ने काम नगर्न आग्रह समेत गरेका थिए ।

पूर्व राजा शाहले जन्मदिन नमनाउने गत हप्ता एक सन्देश जारी गर्दै निर्णय गरेका थिए । उनले राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका हुन् ।

उनले सन्देशमा मुलुक अहिले कोरोनाबाट आक्रान्त रहेको उल्लेख गर्दै विदेशबाट फर्किने सबै नेपालीको श्रम, सिप र सामथ्र्यको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनुपर्ने उल्लेख गरेका थिए । मुलुकमा लोकतन्त्र आउनुअघि राजाको जन्मदिवसका दिन सार्वजनिक बिदा हुने गरेको थियो ।

तर, २०६२–६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राजाका अधिकारहरु कटौति गरेको थियो । त्यसपछि उनको जन्मदिनमा सार्वजनिक बिदा दिन छाडियो ।

प्रतिक्रिया