ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित भएका छन्। टेलिभिजनमा लाइभ सम्बोधन गर्दै बोलसोनारोले आफूमा कोभिड १९ पोजेटिभ देखिएको बताएका हुन्।
कोरोना संक्रमणको दोस्रो हटस्पट बनेको ब्राजिलमा राष्ट्रपतिले भाइरसलाई हल्का रुपमा लिएका थिए। बोलसोनारोले कोरोनालाई सामान्य फ्लू भएका भन्दै देशवासीलाई नआत्तिन आग्रह गरेका थिए। उनले ब्राजिलियनले यस्ता भाइरस सजिलै पचाउनसक्ने अभिव्यक्तिसमेत दिएका थिए। ब्राजिलियनको रोगप्रतिरोधात्मक क्षमता बढी भएको भन्दै भाइरसबाट नडराउन उनले भनेका थिए।
राष्ट्रपति बोलसोनारोले भनेका थिए, ‘ब्राजिलियनलाई केही हुँदैन, उनीहरुको शरीरमा एन्टीबडीको विकास भइसकेको छ जसले संक्रमण रोक्न सक्दछ।’
सार्वजनिक कार्यक्रममा मास्क नलागाइ हिँडने गर्थे उनले सामाजिक दुरी कायम राख्नुपर्ने विषयलाई रोजगार समाप्त गर्ने रणनीति भएको र यस्तो विषय भाइरसभन्दा खतरनाक रहेको तर्क गरेका थिए।











