एजेन्सी : इटालियन लिग सिरी एमा लिग लिडर युभेन्टसले नमिठो हार व्यहोरेको छ । गएराति भएको खेलमा युभेन्टसले एसी मिलानसँग ४–२ को फराकिलो हार व्यहोरेको हो ।
गएराति भएको खेलमा एसी मिलानले कमब्याक जित दर्ता गरेको हो ।
मिलानको घरेलु मैदानमा एड्रियन राबियटको गोलेमा ४७ मिनेटमा युभेन्टसले अग्रता लिँदा ५२ मिनेटमा रोनाल्डोले गोल गर्दा भ्रमणकारी टोलीको अग्रता २ गोलको भयो ।
तर, ६२ मिनेटमा ज्लाटान इब्राहिमोभिचले पेनाल्टीमार्फत गोल गर्दै कमब्याकको सुरूवात गरे । त्यसपछि क्रमशः फ्रांक केसिइ, राफायल लियो र एन्टोनी रेबिकले ६६, ६७ र ८० मिनेटमा गोल गर्दा युभेन्टस निरीह बन्यो ।
हारपछि पनि युभेन्टस ७५ अंक सहित शीर्ष स्थानमा छ भने मिलान ४९ अंकका साथ पाँचाैँ स्थानमा रहेको छ ।











