भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो,एकैदिन थपिए २४ हजार संक्रमित

एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ४ सय ७१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्यामा केही थप हुँदै ४ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टमा भारतमा कोरोनाबाट २३ हजार १ सय ३५ जना संक्रमित हुँदा ४ सय ७९ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ७ लाख ४३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ४ लाख ५७ हजाभन्दा बढी निको भइसकेका छन् भने २० हजार ६ सय ५३ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया