जगतदल जनाला विक/ सुर्खेत :

एनआईसी एसिया बैंकले सर्वाधिक फाइदाहरु भएकोे ‘न्यु सुपर चमत्कारी निक्षेप’ योजना ल्याएको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ आम नागरिकलाई बैंकिङ कारोबार मार्फत सेवा दिइरहेको सन् २०२० को उपलक्ष्यमा ३० सुविधा सहितको नयाँ कार्यक्रम ल्याएको एनआइसी एसिया बैंकका प्रदेश कार्यालय प्रमुख चेतराज भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार उक्त कार्यक्रम अन्तरगत २१ लाख सम्मको उत्कृष्ट बिमा सुरक्षा, १८ घातक रोगको लागि १० लाख सम्मको बिमा सुविधा, कर्जाको व्याजदरमा छुट, ओपिडी उपचार र अस्पताल भर्नामा समेत बिमाको व्यवस्था गरेको छ ।
बुधवार प्रेस विज्ञप्ति मार्फत बैंकले आफ्ना नयाँ सुबिधाहरुका बारेमा जानकारी गराएको हो ।









