ज्ञानु सङ्गम खड्का/नेपालगन्ज : चर्चित डान्स ग्रुपको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको डान्स ग्रुप हो “कार्टुन क्रु” । उत्कृष्ट डान्स प्रस्तुत गर्दै दर्शकको मन जितिरहेको उक्त ग्रुपको नयाँ गीत सार्वजनिक भएको छ।
सार्वजनिक “घाम पानी ३” बोलको गीतमा भुवन थाप मगरको सुमधुर आवाज रहेको छ। गीतमा अहिलेका चर्चित गीतकार डिपी खनालले उत्कृष्ट शब्द कोरेका छन् ।भने, शंकर थापा स्माइलले संगीत दिएका छन् ।
डान्सिङ प्याटर्नमा रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको २४ घण्टा नहुँदै युटुबको ट्रेन्डिङमा पर्न सफल भएको छ। यो समाचार तयार पार्दासम्म उक्त गीत युटुबको २३ नम्बर ट्रेन्डिङमा परेको छ। गीतले राम्रो प्रतिक्रिया पनि पाएको छ।
गीतको अडियोसंगै उक्त गीतको भिडियो पनि आकर्षक रहेको छ । भिडियोमा “कार्टुन क्रु”को जुनियर टिमको उत्कृष्ट अनि आकर्षक डान्स रहेको छ। भिडियोमा सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशन रहेको छ।
पेम्बा मगर र निबाबु तामाङको कोरियोग्राफी, सरोज अधिकारीको सम्पादन, टेकेन्द्र शाहको रंग संयोजन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाइले खिचेका हुन् । “कार्टुन क्रु”को अफिसियल युटुब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..









