संघले राहत प्याकेजको माग गर्दै नेपालगन्जमा भोली र्‍याली गर्ने

नेपालगन्ज : मौद्रिक नीतिमार्फत राहत प्याकेजको माग गर्दै बिहिवार नेपालगन्ज उद्योग वाणिज्य संघले दवावमुलक र्याली आयोजना गर्ने भएको छ ।

कोरोना महामारीका कारण नीजिक्षेत्र प्रभावित भएको भन्दै आगामी मौद्रिक नीति मार्फत राहत प्याकेज दिनुपर्ने संघको माग गरेको छ । संघले सोही मागका विषयमा ध्यानार्कषण गराउन नेपाल राष्ट्र बैंक, नेपालगन्ज मार्पmत केन्द्रिय कार्यालयको ज्ञापनपत्र बुझाउँदै छ । त्यसअघि बिहान नौ बजे संघको कार्यालय त्रिभुवनचोकबाट र्याली आयोजना गर्न लागिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सम्पूर्ण क्षेत्र अस्त व्यस्त बनेको छ । यद्यपी उद्योग, व्यवसाय क्षेत्र सबै भन्दा बढि प्रभावित त भएको छ नै फेरी उठ्न नसक्ने गरी थलिएको अवस्थामा पुगेको छ ।

एकातर्पm लामो समय देखिको लकडाउनका कारण पसल, व्यवसायमा ताला झुन्डीएको अवस्था रह्यो भने, लकडाउन केहि खुकुलो भए पनि पहिलेको अवस्थामा व्यापार, व्यवसाय सञ्चालन हुन सकेको छैन् । अर्को तर्फ बैंकको ब्याज र सरकारलाई बुझाउनु पर्ने करका कारण उद्योगी, व्यवसायीहरु कष्टकर अवस्थामा आई पुगेका छन् ।

मौद्रिक निति मार्फत बैंकको किस्ता, ब्याज, लगायत सहुलियत तथा छुटका लागि दबाव दिन नेपाल राष्ट्र बैंक, नेपालगन्ज मार्पmत केन्द्रिय कार्यालयको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको महासचिव चिरञ्जीवी ओलीले बताए ।

संघको कार्यालय त्रिभुवनचोकबाट प्रारम्भ गरि वि.पि. चौक हुदैँ नेपाल राष्ट्र बैंक, विरेन्द्र चोक सम्म विरोध ¥याली पुग्ने छ । सामाजिक दुरी कायम गरी र्यालीमा सहभागि हुन अपील गरिएको छ ।

प्रतिक्रिया