बार्सिलोनाले रियलसँगको अंक दुरी घटायो

एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाले अंक तालिकामा शीर्षस्थानको रियल मड्रिडसँगको दुरी घटाएको छ । गत राति भएको लोकल डर्बी अन्तर्गत इस्पान्योलाई १–० गोल अन्तरले पराजित गरेसँगै अंक दुरी १ मा झारेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इस्पान्योलसँग जित दर्ता गर्न संषर्घ गर्नुपरेको थियो ।

बार्सिलोनाका लागि ५६ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक भयो । त्यसअघि बार्सिलोनाका अन्सु फाती र इस्पान्योलका पल लोजानेले रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

पछिल्लो नतिजा अनुसार ७७ अंक सहित रियल मड्रिड पहिलो स्थानमा छ भने ७६ अंक बनाएको बार्सिलोना दोश्रो स्थानमा रहेको छ । यद्दपी रियलले एक खेल खेल्न बाँकी रहेको हुँदा सो खेलमा रियलले जित हात पारे पुनः चार अंकको अग्रता कायम गर्नेछ ।

 

प्रतिक्रिया