सलाह चम्किँदा लिभरपुलको सानदार जित

काठमाडौँ । गएराति  प्रिमियर लिग अन्तर्गत भएको खेलमा लिभरपुलले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा लिभरपुलले ब्राइटनलाई ३–१ गोलले पराजित गरेको हो । 

उक्त खेलमा लिभरपुललाई जित दिलाउन मोहमम्द सलाहले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा सलाहले गोल गरी लिभरपुललाई अग्रता दिलाए । त्यसपछि कप्तान जोर्डन हेण्डरसनको गोलमा ब्राइटनले खाता खोल्यो । 

त्यसपछि खेलको ४५ औँ मिनेटमा लियान्द्रोले गोल गरे । त्यसपछि खेलको ७६ औँ मिनेटमा सलाह अर्को गोल गरी टिमलाई जित दिलाए । जितसँग लिभरपुलले ३४ खेलमा ९२ अंक जोडेको छ । 

प्रतिक्रिया