बलिउडका चर्चित हास्यकलाकार जगदीपको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईमा निधन भएको भारतिय मिडियामा जनाइएको छ । सैयद इश्तियाक अहमद जाफरी नाम गरेका कमेडियन जगदीपको बुधबार राति बान्द्रास्थित घरमै निधन भएको हो ।
उनले ४ सय बढी फिल्महरुमा काम गरेका छन् । उनले फिल्म शोलेबाट चर्चामा आएका थिए । उनी सुरमा भोपाली नामले पनि चर्चित छन् ।











