बलिउडका अर्का अभिनेता सुशील गोड्वालले पनि गरे आत्महत्या

कन्नडा सिनेक्षेत्रका अभिनेताले देहत्याग गरेका छन् । सुशान्तको निधनको महिना दिन नपुग्दै अर्का अभिनेताले आफ्नो प्राण त्याग गरेका हुन् । कन्नडा अभिनेता सुशिल गोड्वाले मङगलवार साँझ आफ्नै घरमा प्राण त्यागेका हुन् ।

उनको निधनले कन्नडा टेलिभिजन र सिनेमा जगत नै शोकाकुल बनेका छन् । उस्ले किन यो बाटो रोज्यो भनेर खुलेको छैन । उनी ३० वर्षका थिए । एउटा राम्रो कलाकारको साथसाथै उनी फिटनेस ट्रेनर समेत हुन् ।

उनले आफ्नो बारेमा फिल्म बनाउने सोच बनाएको बताइएको छ । उनको निधनमा दुखी हुदै साथी दुनिँया विजय लेख्छन् , “जब मैले उनलाई पहिलो पल्ट देखे अभिनेतामा चाहिने सबै गुण उनमा भेटे ।

फिल्म रिलिज नभइ उनले आफुले आफैलाई अन्त्य गरे ।उनको निधनले पुरै कन्नडा उद्योग दुखी भएको छ ।यो भन्दा पहिले पनि कन्नडा चलचित्रले अभिनेता चिरञ्जीवी सार्जा र टेलिभिजन कलाकारको पनि निधन भइसकेको छ ।

यसअघि पनि लकडाउनले आर्थिक मन्दी झेल्नु परेपछि धेरै कलाकारहरुले मृत्युको बाटो रोजिसकेकाे छन् ।बलिउड अभिनेता सुशान्तको निधनले बलिउड नै पुरै हल्लिएको छ ।उनका फ्यानहरुले उनको आत्माको शान्तिको लागि उनलाई आफ्नै जीवन त्याग गर्न बाध्य पार्नेहरुको सूचि नै तयार पारिरहेकाे छन् ।

प्रतिक्रिया