नेपालगन्ज : खजुरा गाउँपालिकाले आफ्नो सातौ गाउँ सभामा १० कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाले कर्मचारीको हौसला वृद्धि गर्न नगद सहित सम्मान गरेको हो । योजना शाखाका योजना अधिकृत दिल बहादुर पौडेललाई नगद २० हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
त्यस्तै स्वास्थ्य शाखाका इन्चार्ज पुर्ण बहादुर खड्कालाई १५ हजार सहित दोसल्ला ओढाएर सम्मानित गरिएको छ । सामाजिक विकास ÷महिला बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने, सामाजिक शुरक्षा शाखाका प्रमुख राजेन्द्र बर्मा, आर्थिक प्रशासन शाखाका पुर्व कर्मचारी कृष्णराज शर्मा, कृषि शाखाका प्रमुख पुनम पोखरेल, कार्यालय व्यवस्थापक तर्फ तारा थापा, वडा सचिव मध्ये वडा नम्बर १ का सचिव चिरिन्जीवी पाण्डेलाई १०÷१० हजार रुपैया सहित दोसल्ला सम्मान पत्रले सम्मानित गरिएको थियो ।
त्यस्तै कार्यालय सहयोगी तर्फ दुईजनालाई सम्मान गरिएको छ । ५ हजारका दरले श्याम कुमार थारु र ललिता थापामगरलाई खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, उप प्रमुख एकमाया विक, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, पुरस्कार छनोट समितिका संयोजक झुमा योगीले सातौ गाउँ सभामा सम्मानित गरेका हुन ।



















