आइभोरी कोष्टका प्रधानमन्त्रीको निधन

मन्त्रिपरिषद्को बैठकमै बिरामी परेका आइभोरी कोष्टका प्रधानमन्त्री अमाडौ गन कौलीबलीको बुधबार निधन भएको छ । ६१ वर्षीय कौलीबलीलाई सत्तारुढ दलले आगामी अक्टोबर महिनाका लागि निर्धारित राष्ट्रपतिको चुनाबमा उम्मेदवार छनोट गरेको थियो ।

कौलीबलीले आफू तेस्रो पटक प्रधानमन्त्री हुन चाहेको घोषणा गरेपछि सत्तारुढ दलले उनलाई राष्ट्रपतिको उम्मेदवार छनोट गरेको थियो । करिब दुई महिनासम्म मुटुको उपचार गराएपछि उनी गत बिहिबार मात्रै फ्रान्सबाट स्वदेश फर्किएका थिए । राष्ट्रपति औत्ताराले भने प्रधानमन्त्री कौलीबलीको निधनले देश नै शोकाकुल हुन पुगेको प्रतिक्रिया दिएका छन् ।

उनले साप्ताहिक मन्त्रिपरिषद्को बैठकमै असहज महसुस गरेपछि प्रधानमन्त्रीलाई अस्पताल पुर्याइएको बताएका छन् । उनले भनेका छन्, “मेरो कान्छो भाईलाई श्रद्धाञ्जली छ, जससँग लगातार ३० वर्ष काम गर्ने अवसर पाएँ, एक यथार्थ राजनेताको स्मरण सधैं रहीरहन्छ ।”

प्रतिक्रिया