रमेश बिसी : नेपाली युवाले बिकाश गरेको मेरोवेभ डटकम (https://merowave.com) सामाजिक संजाल मोरंगबाट संचालनमा आएको छ |
विश्वभर सामाजिक संजाल प्रयोगर्ता बढिरहेको बेला नयाँ सामाजिक संजाल विकाश हुनु पनि कायमै छ |
यसैबीच मोरंग बाट एक नया नेपाली सामाजिक संजाल विशेष गरी नेपाललाई लक्षित गरि संचालनमा आएको हो |
यसमा अन्य सामाजिक संजालमा जस्तै फोटो ,भिडियो ,तथा अन्य अपडेट सेयर गर्न सकिनेका साथै साथी बनाउन , म्यासेज गर्न , ब्लग लेख्न, ग्रुप बनाउन र ग्रुपमा जोडिन सकिनुका साथै, पेज पनि बनाउन सकिन्छ । यसका साथै आफ्नो परिचय गोप्य राखी पोस्ट सेयर गर्न सकिन्छ |
मनोरंजनका लागि भने फ्री अनलाईन गेम तथा फ्री चलचित्र हेर्न सकिने सुविधा पनि रहेको छ |
यसमा बिजनेसलाई फोकस गरि पुरानो तथा नया समान Merowave Market मा किन्न तथा बेच्न राख्न सकिनेछ | जागिर चाहिनेलाई JOBS लिस्टिंग मा जागिर खोजिगर्ने सुबेदी छ भने बिजनेसले जागिर अफर पोस्ट गर्न सक्नेछन |
मोरङका युकेश चौधरीको टिमले निर्माण गरेको MEROWAVE.COM जूनमा संचालनमा ल्याएका हुन् |
हाल मेरोवेभको डेस्कटप र मोबाईल साईट भर्सन रहेको मेरोवेभको एप भने अगष्ट दोस्रो हप्ता सम्ममा लन्च गर्ने तयारीमा मेरोवेभ रहेको टिमले बताएको छ | साथै उक्त वेभको लागि इन्भेस्टरको खाँचो रहेको पनि बताइएको छ।
मेरोवेभमा जोडिन तल दिईएको लिंकमा गएर जोडिन सक्नुहुन्छ |
https://merowave.com









