खजुरा गाउँपालिकामा निर्माण गरिएको प्रीकास्ट बाट बनेको कार्यालय भवनको बिहीबार उदघाटन गरिएको छ ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति र उपप्रमुख एकमाया विकले संयुक्तरूपमा एक समारोहका वीच उदघाट्न गरेका हुन ।
२४ लाख ५० हजार २ सय ७१ रुपैयाँँको लागत निर्मित उक्त भवन उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । झगबहादुर पौडेलको अध्यक्षतामा बनेको समितिले निर्धारित समयमा काम सप्पन्न गरेको भन्दै पौडेललाई सो अवसरमा सम्मान गरियो ।

कार्यालय संचालनमा प्राविधिक शाखा लगायत प्रयोग गर्ने गरि भवन निर्माण गरिएको हो । कार्यक्रम विभिन्न वडाका अध्यक्षहरु, गाउँपालिका कर्मचारीलगायतको सहभागिता रहेको थियोे । साढे तिन लाखबाट नै घर निर्माण सम्पन्न गर्न सक्ने गरि प्रिसु ग्रुपले प्रिकास्ट प्रविधिको घरको सुरुवात नेपालगन्जमा गरेको थियो ।
अर्डर गरेको १० दिन भित्र निर्माण सम्पन्न गर्न सकिने, फाइनान्सको पनि सुबिधा भएको , सहरी छेत्रमा माथिल्लो तला थप्न मिल्ने, एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण गर्न पनि मिल्ने भएको हुँदा अहिले नै घर निर्माण गर्न धेरै खर्च गर्न नचाहनेहरुले यस्तो तरिकाबाट घर बनाएर अधिक लाभ लिन सक्ने प्रिसु ग्रुपका चिफ कमर्सियल अफिसर दिग्विजय ढुङ्गानाले जानकारी दिनुभयो ।









