नेपालगन्ज : लुम्बिनी बिकास बैंकले आफ्नो १३ औं बार्षिक उत्सब मनाएको छ । बिगत लामो समय देखि नेपालगन्ज र नेपालगन्ज आसपासका जनतालाई बैकिंङ सेवा प्रदान गर्दै आएको बैंकले हिजो आफ्नो १३ औं बार्षिक उत्सब मनाएको हो ।
बैंकको १३ औं बार्षिक उत्सब समारोहमा लिम्बिनी बिकास बैंक नेपालगन्ज शाखाका सम्पुर्ण कर्मचारी, सेवाग्राही तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

हाल बैंकले मुद्दती खाता मा ९.५ प्रतिशत मासिक ब्याज तथा बचत खातामा ६ प्रतिशत ब्याज दिदै आएको बैंकका शाखा प्रमुख बिक्रम थापा जानकारी दिएका छन् ।
बैंकको एटीएम कार्डले भिसा नेटवर्कको जुनसुकै बुथबाट रकम नकाटि रकम निकाल्न एवं मोबाइल बैंकिङ सेवामा नै कनेक्ट आइपिएस सेवा रहेकोले घरैबाट नगद रहित कारोवार गर्न सकिने शाखा बैंकका अप्रेसन इन्चार्ज तथा कर्जा प्रमुख अमित श्रेष्ठले बताएका छन् ।










