सनमको अर्को उत्कृष्ट कोसेली “अरुलाई माया” सार्वजनिक

नेपालगन्ज : पछिल्लो समयका लोकप्रिय मोडल सनम कठायत अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

कोरानाको सन्त्रासका बिच पनि दर्शकहरुका लागि सनमको अर्को उत्कृष्ट कोसेली बजारमा आएको हो। वियोगान्त प्रेममा आधारित गीतमा बहुचर्चित गायक प्रमोद खरेलले आवाज दिएका छन् ।

गीतमा राज कुमार बगरको संगीत रहेको छ भने सुदर्शन पोखरेल को शब्द रहेको छ। गीतको अडियो एकदम मनछुने छ। अडियोले सुन्ने जोकोहीको मन आकर्षित गर्छ।

गीतको भाव अनुसार भिडियो पनि एकदम उत्कृष्ट बनेको छ। भिडियोमा सनम कठायत ,समिक्षा पोखरेल र गौतम डङ्गोल फिचर्ड छन् । भिडियोलाई उत्सब दाहालले खिचेको भिडियोलाई अन्जान शर्माले निर्देशन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

भिडियोलाई एभरेस्ट ग्यालरीको अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..

प्रतिक्रिया