प्रदेश ५ कृषि मन्त्रालयले दियो किसानलाई प्रोत्साहन अनुदान


नेपालगन्ज : प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान सहयोग कार्यक्रमको बाँके कोहलपुरमा आज चेक हस्तान्तरण गरिएको छ । बाँके बर्दियाका ३ वटा सहकारीहरु मार्फत किसानलाई प्रदेश सरकारले अनुदान वितरण गरेको हो ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि आरति पौडेलले भेरी शित भण्डार सहकारी सस्था लिमिटेडलाई २१ लाख ३४ हजार १ सय, राप्ती सोनारी ६ मा रहेको साकार कृषि सहकारी सस्था लिमिटेडलाई ६ लाख ८२ हजार ६ सय ३५ र बर्दिया बढैयाताल ८ मा रहेको साना किसान कृषि सहकारी सस्था लिमिटेडलाई १ लाख ८४ हजार ५ सय ७० रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । कृषि विकास निर्देशनालयले प्रदेश नम्बर ५ मा रहेको अरु २ वटा सहकारीहरुलाई पनि चेक हस्तान्तरण गर्ने भएको छ ।

बुटवल उप महानगरपालिका १७ मा रहेको सिम्रिक कृषि सहकारी सस्थालाई ५ लाख ७० हजार ३९ रुपैया र रुपन्देहि शुद्धोदन गाउँपालिका ४मा रहेको गणपति बहुउदश्यीय सहकारीलाई १ लाख २० हजार ३ सय रुपैया दिने निर्देशनालयका निर्देशक यमनारायण देवकोटाले जानकारी दिनुभयो । अनुदान स्वरुप वितरण गरिएको चेकको रकम किसानले पाउने निर्देशक देवकोटाले बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै कृषि मन्त्रि आरती पौडेलले खेती गर्ने किसानलाई जग्गाको भाडा सरकारले तिरिदिने बताउनुभयो । मन्त्रि पौडेलले उत्पादनको आधारमा अनुदानको कार्यक्रमहरु सन्चालन गरिने भएकाले उत्पादनमुखि बन्न किसानहरुलाई सुझाव दिनुभएको छ । उहाँले सहकारी मार्फत चक्लाबन्दि गरेर खेती गर्न आग्रह गर्नुभएको छ । अनुदानको कार्यक्रमको लागी अब बुटवल जान नपर्ने गरी कार्यदिशा बनाइएको बताउदै सम्बन्धित ज्ञान केन्द्र र पशु विज्ञ केन्द्रमा अनुदानको लागी फार्म बुझाउने, सम्झौता गर्ने र चेक तथा सामाग्री बुझ्न सकिने मन्त्रि पौडेलले बताउनुभयो ।

प्रतिक्रिया