समीक्षा अधिकारीको नयाँ तीज गीतमा धुर्व र उषाको धमाकेदार डान्स (भिडियो)

नेपालगन्ज : नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा गीत संगीतमा आवद्ध कलाकारहरुले तीज गीतहरू बजारमा ल्याइरहेका छन् ।

पछिल्लो समय तीज गीतका नाममा विकृति फैलाउने अधिकांश गीतहरु आइरहेका बेलामा हिम सम्झौता डिजिटलले भने मौलिकपनमा आधारित नयां तीज गीत सार्वजनिक गरेको छ।

शुक्रबार सार्वजनिक “ए आम्मै मयाकै पिरले” बोलको गीतमा समीक्षा अधिकारी र नरेश खातीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द तथा लय नरेशकै रहेको छ। गीतको अडियो सुन्दा जोकोहिलाई नाँचौ नाँचौ लाग्छ। गीतको अडियो एकदम उत्कृष्ट छ।

अडियोसंगै गीतको भिडियो पनि त्यतिकै आकर्षक अनि उत्कृष्ट रहेको छ। भिडियोमा मोडल धुर्व हिमाली र उषा उप्रेतीको धमाकेदार डान्स देख्न सकिन्छ। भिडियोलाई कोरियोग्राफी तथा निर्देशन मौसम हिमालीले गरेका हुन् ।

त्यस्तै, करण चैसीरले खिचेको भिडियोलाई मजोज कार्कीले रंग संयोजन तथा सम्पादन गरेका छन् । गीतको भिडियो हिम सम्झौता डिजिटलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…

प्रतिक्रिया