नेपाल आयल निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ ।
निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०२, डिजेल र मट्टितेल प्रति लिटर रु ८८, कायम गरिएको छ ।
यसअघि सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।









