काठमाडौँ:

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार सुनको मुल्य तोलाको १ हजारले बढ्दै ७६ हजार ५ सय पुगेर नयाँ रेकर्ड राखेको सुनको मूल्य बिहीबार घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ हजारले घटेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजर २ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । बुधबार तोलाको ९ सय २० रुपैयाँले कारोबार भएको चाँदीको मूल्य आज तोलाको ९ सय रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।









