बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको छ । आफ्नो ट्विटरमा ट्विट गर्दै अमिताभले आफू संक्रमीत भएको जानकारी दिएका हुन् ।
योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो । भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

उनले आफुलाई १० दिन भित्र भेट्ने सबैलाई कोरोना परिक्षण गर्न अनुरोध गरेका छन् । उनी लेख्छन् -‘‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’
हाल अमिताभलाई नानावती अस्पतालमा भर्ना गरिएको छ ।











