काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक मास्क लगाएका छन् । कोरोनाभाइरसको संक्रमण शुरु भएदेखी उनले शनिवार पहिलोपटक मास्क लगाएका हुन् । यसअघि आफुले कहिल्यै मास्क नलगाउने बताउदै आएका ट्रम्पले शनिवार मास्क लगाएको देखिएपछि यसलाई महत्वका साथ समाचार बनाइएको छ ।
उनले शनिवार वासिङ्टन बाहिरको वाल्टर रिड सैनिक अस्पताल जाँदा मास्क लगाएका हुन् । उनी मास्क लगाएर नै घाइते भएका सैनिक र स्वास्थ्यकर्मीहरुलाई भेटेको बीबीसी, सीएनएन लगायतका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
मास्क नलगाउने बताउदै आएका ट्रम्पले ह्वाइट हाउसबाट निस्कने क्रममा आफू कहिल्यै मास्कको विपक्षमा नरहेको बताए । उनले भने, “मलाई लाग्छ जब तिमी अस्पतालमा हुन्छौ, विशेषगरी जब धेरै सैनिक तथा अन्य मानिसहरुसँग काम गर्ने स्थानमा बस्छौ, मास्क लगाउनु उचित हुन्छ।”











