मेस्सीको पासमा गोल गर्दै भिडालले जिताए बार्सिलोनालाई

एजेन्सी – शनिवार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले जित हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बार्सिलोनाले भालाडोलिडलाई १(० गोलले पराजित गरेको हो । उक्त खेलमा बार्सिलोनालाई जित दिलाउन आर्थुर भिडालले गोल गरे । 

खेलको १५ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासमा गोल गरेका हुन् । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा कम गरेको छ । ३६ खेल खेलेको बार्सिलोनाको दोस्रो स्थानमा ७९ अंक रहेको छ । 

प्रतिक्रिया