नेपालगन्ज – सिलिन्डर ग्याँस लिग हुँदा नेपालगन्जको एक होटलमा आगलागी भएको छ। नेपालगन्जको ग्यालेक्सी दरबार होटल अगाडि रहेको सुर्खेती होटलमा मंगलबार साँझ करिव ५ बजेतिर ग्याँस लिग भइ आगलागी भएको प्रहरीले जनाएको छ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जनाइएको छ। प्रहरीका अनुसार आगलागीबाट अर्को व्यापारीले राखेको करिव ३ सय बढी पुस्तकहरु जलेका छन। साथै आगलागीबाट करिव २ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरी समयमै आएकोले आगो छिट्टै नियन्त्रणमा आएको र थप क्षति हुन नपाएको स्थानीयले बताएका छन।











