नेपालगन्ज : अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र (डेक) नेपालले बाँकेका किशोर किसोरीहरुलाई स्वास्थ्य तथा व्यक्तीगत सरफाइ सामाग्री वितरण गरेको छ । भी.एस. ओ र एच.आइ सगंको साझेदारीमा सञ्चलीत किशोरी सशत्तीकरणका लागि शिक्षा (ईन्गेज) परियोजना अन्तरगर्त सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।
कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकाका अपाङ्गता भएका किशोर किशोरी ९५ जना र अपाङ्गता नभएका किशोर किशोरी ६ सय ५७ गरि ७ सय ५२ जनालाई सामाग्री हस्तान्तरण गरिएको परियोजना प्रमुख जिवन गिरिले जानकारी दिए । कोभिड १९ बाट फैलिएको महामारीका कारणले स्वास्थ्य तथा सरसफाई सामाग्री बाट बन्चित भएका किशोर किशोरीहरुलाई लक्षीत गरेर सामाग्री वितरण गििरएको गिरिको भनाइ छ ।
उनका अनुसार खजुरामा किशोर ३३, किशोरी ५४७ गरि ५८० जना यस्तै कोहलपुरमा किशोर ३९, किशोरी ८३ जना गरि १ सय २२ जनार बैजनाथमा किशोर २३ जना, किशोरी २७ गरि ५० जनालाइ व्यक्तीगत सरसफाइ सामाग्री हस्तान्तरण गरि सकेको छ । बैजनाथ गाउँपालिकामा ९० जनालाई सामाग्री वितरण कार्य जारी रहेको छ ।









