एजेन्सी । भारतीय कलाकार दिव्या चौस्केको आइतबार निधन भएको छ । केही समयदेखी क्यान्सरसँग लडिरहेकी उनको आज २६ वर्षको उमेरमा निधन भएको भारतिय मिडियाले जनाएका छन् । दिब्याले लण्डनमा एक्टिङ क्लास सकेर भारत फर्किएकी थिईन् ।
मोडलिङमा सक्रिय रहने उनको अधुरो यात्राका बारेमा उनका भाई अमिस बर्माले फेसबुकमा पोष्ट शेयर गर्दै दिदीको मृत्युको खबर पुष्टी गरेका छन् । अन्तिम पोष्ट इस्टाग्राममा पोस्ट गर्दै उनले मृत्युसँग लड्न नसकेको भाव व्यक्त्त गरेकी छिन् ।
यस्तै आज नै बलिउडका अर्का कलाकार रन्जन सेहगलको पनि निधन भएको हो । उनको किड्नीलगायत शरिरका बिभिन्न अंगहरुले काम गर्न छाडेपछि निधन भएको बतायएको छ ।











