योजना छनौट गर्दै वडा नम्बर ८ बासी

बाँके : नेपालगन्ज उपमहानगरपालिकामा धमाधम योजना छनौट भरहेका छन् । विभिन्न वडाहरुले वडा भेलाको आयोजनागरी योजना छनौट गरिरहेका छन् ।

यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा ८ ले पनि सोमवार एक भेलाको आयोजनागरी योजना छनौट गरेको छ । स्थानीय विकास निर्माणदेखि आर्थिक आयआर्जनका कार्यक्रमहरुलाई प्राथमिकतामा दिन स्थानीयबासीले माग गरेको वडाअध्यक्ष सुरेन्द्र गुप्ता बैश्यले जानकारी दिनुभएको छ ।

कोडिभ १९ का कारण वडा भेला ढिला गर्नु परेको जानकारी दिदै उनले त्यसमा पनि सामाजिक दुरीको पालना गरेर भेला सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँले वडालाई सम्बृद्धि हुने खालका कार्यक्रम गर्ने धारणा व्यक्त गर्नुभएको छ ।

भेलामा वडा अध्यक्ष बैश्यको साथमा उक्त वडाका वडा सदस्य रजनी वाजपेयी, निखिल बैश्य,खुसिरानी देवि बानिया, निर्मला कनोजिया,र वडा नम्बर ८ का नन्दकिशोर ठाकुर, सत्यनारायण गुप्ता, गोपिनाथ गुप्ता लगायत अन्य वडाका जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया