सानदार जित निकाल्दै इन्टर मिलान लिगको दोस्रो स्थानमा

काठमाडौँ – गएराति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले टोरिनोलाई ३(१ गोलले पराजित गरेको  हो । उक्त खेलको पहिलो हाफमा टोरिनोका एन्द्रिया बेलोटिले गोल गरी टिमलाई अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफमा इन्टर मिलानका डियगो गोडिन, एस्ले योङ र लउतारो मार्टिनेजले एक एक गोल गरे । जितसँगै इन्टर मिलानले ३२ खेलमा ६८ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । भने टोरिनो ३४ अंकका साथ १६ औं स्थानमा छ । 
 

प्रतिक्रिया