बाँकेका ३० फर्म कारबाहीमा, २२ लाख ८० हजार जरिवाना

नेपालगन्ज : सयुक्त बजार अनुगमन टोलिले बाँकेमा ३० वटा फर्मलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा गरिएको ५७४ अनुगमन मध्ये बाँकेमा ३० र दाङ्गको ३ फर्मलाई कारबाहि गरिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृण्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा सामान्य अवस्थामा रहेका ३२० फार्म रहेको र सामान्य त्रुटि भेटिएका २०५ वटा पसल तथा फार्मलाई तत्काल सुधार गराइएको पौड्यालले बताउनुभयो । बाँकेमा कारबाहि गरिएको पसलहरुबाट २२ लाख ८० हजार जरिवाना तिराइएको छ भने दाङ्गको ३ पसललाई ४ लाख २० हजार तिराइएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले जनाएको छ ।

म्याद सकिएको वा खान प्रयोग गर्न अयोग्य सामान ५ लाख ३० हजार ५५ रुपैया बराबरको नष्ट अथवा फिर्ता गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ । अनुगमन टोलिले २ वटा पानि उद्योगलाई कारोबार रोक्का गर्न निर्देशन दिएको जनाएको छ ।

यि मध्ये लकडाउनको अवधिमा (चैत्र ११ गते देखि जेष्ठ मसान्त सम्म) ११८ वटा अनुगमन भएका छन । जसमा १५ वटा फर्मलाई कालोबजारी तथा म्याद नाघेका बस्तु विक्रि गरेको कसुरमा १५ लाख रुपैया जरिवाना गरिएको निमित्त प्रमुख पौड्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया