सपिङ्ग व्याग बनाउन खजुराले विपन्न महिलालाई रोजगारी दिदै

khajura

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले ५० जना आर्थिक रुपमा विपन्न महिलाहरुलाई रोजगारी दिने भएको छ ।

गाउँपालिकाले मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम अन्र्तगत ५० जना विपन्न महिलाहरुलाई झोला (सपिङ्ग व्याग) निर्माणको काममा रोजगारी दिने भएको हो ।

गाउँपालिकाले ५० जना मध्ये सपाङ्ग ३० जना र अपाङ्गता भएका २० जना महिलाहरुलाई सपिङ्ग व्याग निर्माण गर्न लगाइने महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपानेले जानकारी दिनुभयो ।

महिलाहरुले झोला निर्माण गरे बापत प्रति झोलाको लागत मुल्य निर्धारण गरि पारिश्रमिक तोकिने गरि वडा कार्यलयहरुमा सुचना प्रकाशित गरिसकिएको न्यौपानेले बताउनुभयो ।

खजुरा गाउँपालिका ३ मा रहेको गाउँपालिका भवन निर्माणस्थल विगाउँमा निर्माण गरिने सपिङ्ग व्यागको बजारीकरण स्वयम गाउँपालिकाले नै गर्ने गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभयो ।

उहाँले खजुरा गाउँपालिकालाई प्लाष्टिक मुक्त गाउँपालिका बनाउन सपिङ्ग व्याग निर्माणले पनि मद्धत पु¥याउने बताउनुभएको छ । सपिङ्ग व्याग निर्माणका लागी गाउँपालिकामा २० लाख बजेट मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम आएको जनाइएको छ ।

प्रतिक्रिया