काठमाडौं – एक महिना अघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधनपछि पनि बलिउडले उनलाई सम्झिरहेको छ ।
यसैबीच मंगलबार सुशान्तकी प्रेमीका भनिएकी रिया चक्रवर्तीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् ।सुशान्तको निधन भएको एक महिनासम्म केही प्रतिक्रिया नजनाउदा उनी ट्रोल बनेकी थिइन् । तर उनले मंगलबार सुशान्तलाई सम्झिदै सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेखेकी छिन् ।
उनले सुशान्तसँगको तस्बिर शेयर गर्दै उनले भनेकी छिन् – ‘ अहिलेसम्म मैले तिमीलाई गुमाउनु पर्ने पीडा लिइरहेको छु, आफैसँग झगडा गरिरहन्छु। तिमी यस्ता व्यक्ति थियौं जसले मलाई विश्वास गर्यौ र प्रेममा कति शक्ति हुन्छ भन्ने बुझायौ। तिमीले मलाई गणितको सानो सुत्रले पनि कसरी जीवनलाई बुझ्न मद्दत गर्दछ भन्ने सिकायौं । म तिमिलाई वचन दिन्छु कि म तिम्रो जिवनबाट सकरात्मक पाठहरु सिक्नेछु ‘










