खजुरामा ६ करोड बढी लागतमा पार्क सहितको रिर्सोट

नेपालगंज :

बाँकेको खजुरा गाउँ पालिकामा करिब ६ करोड बढी लागतमा पार्क सहितको रिर्सोट संचालन तथा निर्माण भइरहेको छ ।

खजुराका युवा व्यवसायी टीवी क्षेत्री र टेकबहादुर श्रेष्ठको संयुक्त लगानीमा बनेको उक्त पार्क, रिसोर्ट र रेष्टुराँमा अहिले २३ जना युवायुवतीले रोजगारी गरिरहेका छन् ।

बाँकेको नेपालगन्जसँगै रहेको खजुरामा सुविधा सम्पन्न कटेज र रिर्सोटको अभाव देखिएका कारण यहाँको होटल व्यवसायमा टेवा पु¥याउनुका साथै खजुराको पर्यटनको विकासमा सहयोग गर्ने उद्देश्य अनुरूप पनि उक्त योजना शुरू भएको रिर्सोटका संस्थापक सञ्चालकद्वय बताउँछन् । रिसोर्टका संचालक क्षेत्री ८ वर्ष अफगानिस्तान बसेर फर्केका हुन भने श्रेष्ठ यसअघि एनसेल कम्पनीमा कार्यरत थिए  ।

खजुरा मिनी पार्क एण्ड रिर्सोट प्रालीका नाममा स्थापना भएको उक्त कम्पनीले दुई विघा जमिनमा पार्क र रिर्पोट बनाएको छ । प्रालीले अन्य एक विघा जमिनमा अन्य पुर्वाधार निर्माण गरेको छ ।

स्थानीय उत्पादनलाई बिशेष प्राथमिकता दिदैं थकाली खानादेखि हाँसको छोयला लगायत परिकारको स्वाद तथा मिठास लिन सकिने उक्त रिर्सोटमा जेष्ठ नागरिकदेखि बालबालिका सम्मको अवस्थालाई ध्यानमा राखेर वातावरण अनुकल रेष्टुरेण्ट र पार्क निर्माण गरिएको छ ।

बहुउद्देश्यीय योजना अन्तर्गत रहेको उक्त प्रालीमा मिनीजु, म्युजियम, पिकनिङस्पट, वोटिङ, हर्ष एण्ड उड राईडिङ, फायर क्याप, बालवालकिामैत्री र अन्य गरी दुईव्टा स्वीमिङ पुल समेत निर्माण भइरहेको प्रालीका अर्का सञ्चालक तथा युवा व्यवसायी टिवी क्षेत्री बताउँछन् ।

उनकाअनुसार पार्कमा वनस्पति उद्यान, वाल उद्यान, भुलभुलैया, फिसिङ, बाँसको पानीको फोहरा, आकर्षण डिजाईनको बेम्बो कटेज, रेष्टुरा रहेका छन् । भविष्यमा खजुरा भ्युटावर निर्माणको योजना पनि रहेको सञ्चालक क्षेत्री बताउँछन् ।

खजुराको पेडारीमा निमार्णाधिन उक्त कम्पनीमा अहिले एसीजडित १५ वटा सुविधा सम्पन्न कोठा, एउटा करिब सात सयजना र अर्को डेढ सय जना अट्ने सभाकक्ष भिआइपी क्याबिन, ६५ जना अट्ने रेष्टुराँ निर्माणको काम धमाधम भइरहेको उनले बताए ।

प्रतिक्रिया