शिक्षा र स्वास्थ्य नीति पारित

खजुरा :

खजुरा गाउँपालिकाको विहीदेखि शुरु भएको छैटौं गाउँसभाले खजुरा गाउँपालिकाको शिक्षा र स्वास्थ्य नीति पारित गरेको
छ ।

विधान समिति संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य र शिक्षा नीतिमा सभामा छलफलपछि पारित भएको हो ।

२ वटा नीति पारित भएसंगै बैठक भोलि शुक्रवार विहान ८ बजे पुनः बस्ने गरी स्थगित भएको खजुरा गाउँपालिका प्रमुख
प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए ।

सभाको शुरुमै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले चालू आर्थिक वर्षमा भए गरेका कार्य प्रगतिबारे सभालाई जानकारी गराएका थिए ।

शुक्रवार हुने गाउँसभामा शिक्षा ऐन, मानव बेचविखन विरुद्धको नीति, बालविवाह विरुद्ध रणनीति प्रस्तुत हुने खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले बताए

गाउँसभाले योजना संसोधन लगायतका विषयमा छलफल बताइएको छ ।

प्रतिक्रिया