वडाको योजना ‘कृषि मुख्य उत्पादन’

खगेन्द्र दाहाल / खजुरा :खजुरा गाउँपालिका वडा नम्बर चारको मुख्य उत्पादन भनेकै कृषि हो । यहाँका अधिकास स्थानिय कृषि कर्म गर्छन । गाउँ नै गाउँले भरीएको वडा नम्बर चारका अधिकाश जमिनमा सिचाई सुविधा छैन । उपयुक्त सिचाई सुविधा नहुदाँ पनि यहाँका किसानहरुले जसो तसो आफ्नो जमिनलाई हराभरा बनाउने प्रयास गरिरहेका छन ।

सिचाई सुविधा कम क्षेत्रफलमा भएका कारण पनि अधिकास किसान आकासे पानिको भरमा खेती गर्ने गर्दछन । खोला नाला भनेकै पुर्वमा किरन नाला र पश्चिममा पेडारी नाला वडा नम्बर चारमा पर्दछ । गाउँले घेरिएको वडा भएपनि यहाँका उत्पादनहरु सहजै बजार सम्म पुग्ने बाटाहरु छन । वडा नम्बर चारको मुख्य उत्पादन धान हो ।

गहुँ, मकै, तेलहन, दलहन, कोशेबालि तथा तरकारी र पशुपक्षिपालन सहायक उत्पादनका रुपमा रहेका छन । पछिल्ला दिनमा वडा नम्बर चारमा केहि युवाहरुले व्यवसायिक रुपमा कृषि उत्पादनको काम गरिरहेका छन । जसले गर्दा यहाँको कृषि उत्पादनहरु नेपालगन्ज, कोहलपुर र खजुराका बजार सम्म पुग्ने गरेको छ ।

अहिले वडा नम्बर चार कृषि उत्पादनमा अघि बढ्दैछ । कृषि उत्पादनको वृद्धि हुनलाई देशमा भएको लकडाउनले पनि केहि मदत गरेको छ । डि गाउँका ३४ वर्षिय दाताराम पौडेलको दुई विगाह जमिन छ । उनले आफ्नो सम्पुर्ण जमिनलाई तारबेर गरेर खेति गर्छन । दातारामले आफ्नो खेतलाई बाझो नराख्ने गरी मौसम तथा बेमौसमि बालिहरु लगाएका छन ।

केहि वर्ष विदेशमा कुकको जागिर गरेर फर्किएका दाताराम आफ्नै गाउँघरमा कृषि कर्मबाटै आत्मनिर्भर बन्न खोजिरहेका छन । डि गाउँमै धेरै तरकारी उत्पादन गर्ने किसानमा अहिले दातारामको नाम अघि आउँछ । यो उनको मेहेनत र लगनसिलताले नै भएको हो । ३÷४ जना स्थानियलाई आफ्नो फार्ममा रोजगारि दिएका डि गाउँकै राजेन्द्र श्रेष्ठले झण्डै पाँच हजार लेयर्स कुखुरा पालन गर्छन ।

उमेरले ३० वर्षका युवा राजेन्द्रले कुखुरा पालन गर्न थालेको ४÷५ वर्ष भैसकेको छ । त्यस्तै एफ गाउँका ३१ वर्षिय देवेन्द्र अधिकारीले व्यवसायिक केराखेती गर्छन । एफ गाउँ बाट सुरु गरेका देवेन्द्रले कोहलपुर, बर्दिया हुदै दैलेख सम्म आफ्नो फलफुल बेर्नाको व्यवसाय अघि बढाएका छन । देवेन्द्रको कारोबार झण्डै ८ करोड पुगिसकेको छ ।

इगाउँमा सुरेन्द्र श्रेष्ठले च्याउको व्यवसाय गरेर जिल्लामै ठुला च्याउ उत्पादकको रुपमा चिनाएका छन । व्यवसायिक रुपमा च्याउ खेती गरेका सुरेन्द्रले ४÷५ जना स्थानियलाई पनि रोजगारी दिएका छन । सुरेन्द्रको च्याउ फार्म बाट उत्पादित ताजा च्याउ खजुरा, नेपालगन्ज, कोहलपुर, पोखरा, काठमाडौ लगाएतका स्थानमा जाने गरेको छ ।

राजनिति सगै व्यवसायिक बाख्रापालन गरिहरेका छन डि गाउँकै नारायण खनालले । खनाल युवाले नै समाज परिवर्तन गर्न सक्छ भन्ने सोच बनाएर आफ्नो ठाउँमा गर्न सकिने कृषि कर्महरुको सुरुवात गरेका हुन । खनाल अहिले धेरै युवाका प्रेरणा बनेका छन । दाताराम, राजेन्द्र, देवेन्द्र, सुरेन्द्र र नारायण त एक प्रतिनिधिमुलक पात्र हुन खजुरा गाउँपालिका ४ मा धेरै युवाहरु अहिले व्यवसायिक कृषि कर्ममा जोडिएका छन ।

वडा कार्यालयले वडाभित्र रहेका कृषिमा केहि गर्छु भनेर लाग्ने युवाहरुलाई सहयोग हौसला प्रदान गर्दै आएको छ । खजुरा गाउँपालिका बाट नै कृषिका कार्यक्रम सन्चालन हुने वडामा अब वडाले पनि झण्डै १० लाख बजेट छुट्टाएर कृषि उत्पादनलाई बढाउने गरी योजना बनाइरहेको वडाध्यक्ष तिलकविर सुनारले बताउनुभयो ।

वडाध्यक्ष सुनारले कृषि उत्पादनमा लाग्न वडाका जनतालाई आग्रह गर्नुभएको छ । वडाका हरेक गाउँ टोलका जनताहरु कृषिमा आत्मनिर्भर बनाउने गरि योजना बनाइरहेका छौ । जसरी लकडाउनको बेला स्थानियहरुले आफ्नो खालि समयलाई खेतबारीमा लगाउनुभएको छ त्यसैगरी अरुबेला पनि खेतबारीलाई समय दिएर कृषि उत्पादनलाई दोव्वर बनाउन जरुरी छ

प्रतिक्रिया