एक सय एक दिन लगाएर नेपाली रैथाने खानाको खोजी , नेपालगंजमा यात्राको समापन

नेपालगन्ज :

एक सय एक दिन लगाएर नेपाली रैथाने खानाको खोजी , नेपालगंजमा यात्राको समापन

देश तथा बिदेशका तारे होटेलका मेनुमा नेपाली रैथाने खाना नदेख्दा मन खिन्न बनाएका प्रेमलाल तामाङले रैथाने खानाको खोजी गर्ने जमर्को गरेको बिहीवार १०१ दिन भएको छ ।

नेपाली मौलिक तथा रैथाने खानाको बिषयमा खोज अनुसन्धान गर्न १०१ दिनदेखि पुर्व मेची देखि पश्चिम महाकाली सम्म नेपाल भ्रमण गरिरहेका सेफ प्रेमलाल तामाङले आज नेपालगंजमा आफ्नो यात्राको समापन गरेका छन् ।

नेपालगन्जको होटल समर्थ ईनमा गरिएको समापन कार्यक्रममा तामाङले आफ्नो खोजिको १०१ दिनको अनुभव सुनाएका थिए ।

सेफ तामाङले नेपाली समाजमा नेपाली मौलिक खानाहरुको सट्टा बिदेशी खानाहरुको प्रयोगमा बढोत्तरी हुँदै गई रहेको प्रति चिन्ता ब्यक्त गर्दै आफुले नेपाली परम्परागत खानाको महत्वलाई आम नेपाली एबम विश्व समुदाय सामु उजागर गर्न नेपाली खानाले स्वास्थ्यमा पार्ने प्रभाव , पोषण आदीको बिषयमा खोज र अन्वेषण गरेको र धेरै भन्दा धेरै जानकारी बटुलेको बताए ।

हराउँदै गएको खानाको संरक्षण तथा प्रवर्द्धन र नयाँ पिढिलाई बनाउन सहजताका लागि किताब र भिडियो डकुमेण्ट्री बनाउने सेफ तामाङले जनाएका छन् ।

नेपालमा बहुभाषी र जाति भएकोले धेरै भन्दा धेरै नेपालमा खानाको परिकार रहेको र त्यो हाम्रो मौलिक खानाहरु लोप हुन लागेकोले त्यसको जगेर्ना गर्न र नेपाली खानालाई विश्व बजारीकरण गर्नको लागि फुड यात्रा गरेको सेफ प्रेमलाल तामाङले बताए ।

खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने सोचका साथ यो अभियानमा दिन रात नभनि लागेको र लुकेका नेपाली मौलिक खानाहरुलाई बिश्वबजारमा चिनाउन सफल हुनेमा आशाबादी रहेको तामांगको भनाई छ ।

नेपालगंज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणा प्रमुख आतिथी रहेको उक्त समापन कार्यक्रम नेपालगंजको भिण्टेज कलेज अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टले आयोजना गरेको थियो ।

प्रतिक्रिया