नेपालगन्ज : कोरोना कहर अजि त्यसपछि सरकारले आव्हान गरेको लकडाउनले गर्दा ब्यापार, ब्यवासाय र मानिसका दैनिक जिबनलाई असर गर्यो । कतिले ज्यान गुमाए । लकडाउनले परेको आर्थिक नोक्सानी र सर्वसाधारणले गुमाएको रोजगारीको तुलना गर्नै नसकिने छ ।
आज हिन्दु धर्मावलम्बीहरुको लागी विशेष दिन , श्रावण सक्रान्ती । तर पनि आज बागेश्वरी मन्दिर सुन्सान प्रायः देखिन्छ । केही दर्शनका लागि गएका भक्तजनहरु गेट बाटै मन्दिर दर्शन गर्दै बाहिर बाटै आशिर्वाद लिएर फर्किदै गरेका दृश्यले अनौठा लाग्छन् । तर कोरोना महामारीका कारण यो दृश्य सामान्य लाग्नु स्वाभाविक हो ।
सायद बागेश्वरी मन्दिरको इतिहासमै श्रावण सक्रान्तिमा कम दर्शनार्थी पहिलो पटक होला । आस्थाले घेरेको , आस्थाले बाधेको हाम्रो नेपाली समुदायलाई असामान्य अवस्थाले आर्थिक, मानविय तथा अन्य असर संगै धार्मिक आस्थामा समेत रोकावट देखा परेको सम्भवतै पहिलो पटक हो ।
तर पनि हाम्रो आस्थाको धरोहरको रुपमा रहेको हाम्रो संस्कृती, धर्म, बिश्वास आफैमा प्रगाढ छ जसले उदाहरणको रुपमा श्रावण सक्रान्तीको दिन बागेश्वरी मन्दिरको गेट बाटै दर्शन गरेका, आशिर्वाद लिएका दृश्य हुन् ।
हेर्नुस तस्वीर














