बाँकेमा बिहीवार पुनः २ जनामा कोरोना संक्रमण पुष्टि

banke

नेपालगन्ज : बाँकेमा आज मात्रै २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा भएको चेकजाँचका क्रममा बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको १ र बैजनाथ गाउँपालिकाको १ गरेर जम्म २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत र बर्दियाको क्रमश एक एकजनामा समेत कोरोना पुष्टि भएको छ ।

आज परिक्षणका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ र बैजनाथ गाउँपालिका व्व्डा नम्बर एकको एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया